Sat. Nov 27th, 2021

बेमौसमी वर्षाले कारण सडकमा १ अर्ब ५ करोडको क्षति

काठमाडौ –

कात्तिक महिनामा परेको बेमौसमी वर्षाका कारण आएको बाढी–पहिरोले सडक र राजमार्गहरूमा १ अर्ब ५ करोडको क्षतिको प्रारम्भिक विवरण आएको सडक विभागले जानकारी दिएको छ ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले १ अर्ब ५ करोडको क्षति भएको प्रारम्भिक अनुमान प्राप्त भएको बताए ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा महानिर्देशक थापाले भने, कात्तिक १ गतेयता परेको बेमौसमी वर्षाका कारण सडकमा भएको कुल भौतिक क्षतिको प्रारम्भिक अनुमान १ अर्ब ५ करोड आएको छ । यो अनुमान प्रारम्भिक हो, पूर्ण विवरण आउन बाँकी छ ।

बेमौसमी वर्षाले १८ वटा राजमार्गका २४४ ठाउँमा बन्द भएको थापाले जानकारी दिए । तीमध्ये अझै केही खुल्न बाँकी रहेको उनको भनाइ थियो ।

मनाङ, बाजुरा, बझाङलगायतका राजमार्ग अझै अवरुद्ध छ । अबको दुई–तीन दिनमा मनाङ खुल्ने अवस्थामा छ । बझाङमा अवरुद्ध सडक खुल्न अझै समय लाग्ने अवस्था छ, उनले भने ।

अहिले सडक विभागको पहिलो प्राथमिकता अवरुद्ध सडक अस्थायी रूपमा वा एकतर्फी रूपमा भएपनि सञ्चालनमा ल्याउने रहेको उनले बताए ।

Loading...

अन्य समाचारहरु: