Sat. Dec 7th, 2024

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने

हटौडा –

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गर्न लागेकी हुन् ।

नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने जानकारी दिए ।

मुख्यमन्त्री शाक्यले आफूले विश्वासको मत पाउने अवस्था नभएकाले माार्ग प्रशस्त गर्ने बताइन् । ‘परिस्थिति फरक छ । मार्ग प्रसस्त गर्ने कुरा भएको छ । सहज वातावरण बनाउछौं । विश्वासको मतमा जाने वातावरण छैन, अब धेरै झन्झट र टसल गर्ने पक्षमा छैनौ । भोलिको दिन पनि हेर्नुपर्छ’ उनले पत्रकारहरुसँग भनिन् ।

शाक्य बागमती प्रदेशमा एकल बहुमतमा रहेको दलको नेताको रुपमा भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।

तर उनको दल नेकपा एमाले विभाजित भई नेकपा ९एकीकृत समाजवादी० बनेपछि उनले संविधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने थियो । शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव असोज २४ गते प्रदेशसभा सचिवालयमा पेश गरेकी थिइन् ।

त्यसपछि उक्त प्रस्तावमा कात्तिक ४ गते प्रदेशसभामा छलफल भएको थियो ।

About The Author

अन्य समाचारहरु: