
एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टिमको सामना गर्नेछ।
नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ। घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो अंकको खोजीमा हुनेछ । किनकि नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरिसकेको छ।
छनोटको समूह बी को नेपाल पहिलो खेलमा बलियो टिम इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो।
ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो।