Sat. Feb 8th, 2025

फिल्म हल खुले तर छैन नयाँ रिलिज

काठमाडौ –

दसैं तिहारमा फिल्म प्रदर्शन गर्नु व्यावसायिक हिसाबले सुखद मानिन्थ्यो । दसैं तिहारको लामो बिदामा फिल्म प्रदर्शन गर्न नेपाली फिल्मका निर्माता तँछाडमछाडु नै गर्थे ।

चाडपर्वको समयमा हलमा दर्शकको भीड थामिनसक्नु हुन्थ्यो । तर कोरोना महामारीबीचको दसैं तिहारमा उस्तै दृश्य देखिएन । अधिकांश निर्माता दसैं तिहारमा फिल्म प्रदर्शन गर्न पछाडि हटे । एउटै मितिमा फिल्म प्रदर्शन गर्न हानाथाप गर्नेहरु त्यसबाट भागमभाग गर्न थाले ।

हालैको दसैंमा हल खुल्दा पनि एक निर्माताले मात्र फिल्म प्रदर्शन गर्ने आँट गरे । चलचित्र विकास बोर्डले पुस मसान्तसम्म प्रदर्शनमा आउने फिल्मको इन्कोडिङु, भर्चुअल प्रिन्ट कस्ट भीपीसी, प्रसारप्रसार तथा छपाईुको रकम दिने घोषणा गर्दा पनि निर्माताहरुले फिल्म प्रदर्शनको जोखिम मोल्न सकेनन् ।

महामारीकै कारण दर्जन बढी फिल्मले प्रचारप्रसारपछि पनि फिल्म प्रदर्शन गर्न पाएनन् । ४ दर्जन बढी फिल्मको प्रदर्शन अझै अलमलमा छ । अंग्रेजी फिल्म फास्ट एण्ड फ्युरियस ९ुको प्रदर्शनसँगै हल संचालनमा आयो ।

फूलपातीको दिनदेखि निर्देशक सोभित बस्नेतले डाँडाको वरपीपलु हलमा लगाए । तर फिल्मले हलसम्म दर्शक तान्न सकेन । मल्टिप्लेक्स चेनअन्तर्गत क्युएफएक्सले फिल्म प्रदर्शनको तेस्रो दिनदेखि नै हलबाट डाँडाको वरपिपलुलाई हटायो ।

About The Author

अन्य समाचारहरु: