Thu. Apr 18th, 2024

मौसमी फ्लूका बिरामी बढे

काठमाडौ –

बर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी पनि बढ्दै गएको उपचारमा संलग्न चिकित्सकले बताए ।

जसका कारण पछिल्ला दिनमा उपचारका लागि अस्पताल आउने बिरामीको संख्यामा पनि वृद्धि भएको पाइएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पनि केही दिन यता ननकोभिडका विरामीको संख्या वृद्धि भएको छ ।

अस्पतालका डाक्टर निरज बमले दिएको जानकारी अनुसार दिनमा औषतमा एकसय जनाको दरले मौसमी खालका बिरामीहरु उपचारका लागि आफूकहाँ आउने गरेको बताए ।

यसरी बिरामीहरु उपचारका लागि आउँदा बेड अभाव भएकाले एउटै बेडमा तीन जनासम्म राखेर उपचार गर्नुपरेको उनको भनाइ छ ।

अहिले बेड अभाव रहेकाले औषधि सेवन गरेर घरमै बस्ने प्रकृतिका बिरामीहरुलाई औषधि दिएर घर पठाइएको उनको बताए ।

अस्पतालको आकस्मिक कक्ष पनि नन कोभिडका बिरामीले भरीएको उनको सुनाए ।
यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बास्तोलाले पनि हिउँदयाम लागेसँगै मौसमी खालका बिरामीहरु बढेको बताए ।

अस्पतालमा आउने बिरामीहरुमा रुघा,खोकी,ज्वरो सँगै डेंगुका विरामी पनि आउने गरेका उनको सुनाए ।

बर्षा सकिएसँगै पानी जमेका पोखरीमा लामखुट्टेले फुल पार्ने भएका कारण पनि अहिले डेंगु रोगको जोखिम रहेको बताए ।

अस्पतालमा आउने सरदर विरामीहमा चार –पाँच जनाका दरले विरामीहरु बढेका बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: