Fri. Apr 19th, 2024

मुन्द्रेको कमेडी क्लब ’बन्द हुँदै

काठमाडौ

हाँस्य रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ।

आगामी साताको एपिसोडसँगै कलाकार जितु नेपालले निर्माण निर्देशन र सञ्चालन गर्दै आएको हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको हो।

कार्यक्रममा पात्र, स्टुडिओलगायतको समस्या भएकाले बन्द गर्न लागिएको सञ्चालक जितु नेपालले जानकारी दिए।

‘पात्रहरूले पनि धोका दिए। एउटा रियालिटो शो लामो समयसम्म गरिसकेपछि बीचमा केही समय ब्रेक लिनुपर्ने रहेछ।

अरूले पनि निश्चित भागको प्याकेज गर्दारहेछन्। तर मैले ११ वर्षसम्म जिरेखुर्सानी बनाइरहेकोले चलिरहेको छ, लैजाउ न भन्दा कहिले भनेजस्तो गर्न नसक्ने, कहिले कलाकार, कहिले स्टुडिओलगायतको तालमेल मिलिरहेको थिएन।

जसोतसो यहाँसम्म ल्याइयो अब चै ब्रेक गरौं भन्ने निर्णय भयो’, नेपालले भने।

अब आउने साता हिमेश पन्त र सुमन कोइरालासँगको कार्यक्रमनै अन्तिम हुने उनले जानकारी दिए।

About The Author

Loading...

अन्य समाचारहरु: