Thu. Apr 18th, 2024

धादिङबेसीमा तिहारको रौनक (फोटोकथा)

धादिङ– देशभर तिहारको रौनक छ । बजारका चोक चोकमा फुलको माला, थरिथरीका रङ्गहरु  किन्ने र विक्रि गर्नेको लर्काे छ । भाइटिका लगाउदा प्रयोग हुने सामाग्रीहरु पसलेहरुले बाहिर देखिने गरी सजाएर विक्रि गरिरहेका छन् ।

नेपालीहरुको महान चाडमध्ये भाइटिका पनि एक हो । चेलीबेटीले दाजुभाइलाई ‘सप्तरङ्गी’ टिका लगाइदिएर भाइटिका मनाउँने तयारी गरिरहेका छन् । भाइटिका खास हुनुको अर्काे कारण भनेको यसमा पूजा गर्ने विधि पनि हो ।

सयपत्री र मखमलीकै माला लगाइदिनुपर्ने, तेल र पानीले छेक्नुपर्ने, फूल अपर्ण गर्ने छुट्टै तरिका, ओखर फुटाउने, मसाला, रोटी लगायत मीठा खानेकुराहरु दिनुपर्ने आदिजस्ता प्रक्रियाले पनि भाइटिकालाई विशेष बनाउँछ ।
शंकर श्रेष्ठ/रेख बहादुर गुरुङ

About The Author

Loading...

अन्य समाचारहरु: