Sat. Jan 22nd, 2022

धादिङका ४ खेलाडी अण्डर-१९ क्रिकेट प्रतियोगिताका लागि छनोट

धादिङ : धादिङ जिल्लाका ४ जना खेलाडीहरु अण्डर १९ क्रिकेट प्रतियोगिताको लागि छनोट भएका छन् । त्रिपुरासुन्दरीका अमृत थापा, गल्छीका रुपेश भुजेल, धुनीबेसीका कुशल रुपाखेती र ज्वालामुखीका सचिन श्रेष्ठ रहेका छन् ।

धादिङ क्रिकेट संघले मान्यता नपाई सकेको कारण अण्डर १९ क्रिकेटका प्रतियोगिता खेल्न इच्छुक भएका धादिङका खेलाडीहरु अन्य जिल्ला पुगेका हुन् । जस अन्र्तगत नुवाकोटबाट २ जना, काठमाडौबाट १ जना र ललितपुरबाट १ जना गरि ४ जना छनोटमा परेका हुन् ।

नुवाकोट क्रिकेट संघले आयोजना गरेको छनोट प्रतियोगितामा भाग लिन धादिङबाट १३ जना खेलाडीहरुले भाग लिएका थिए । तर दुई जना मात्र छनोटमा परे । अमृत थापा र रुपेश भुजेल नुवाकोटबाट छनोटमा परेका छन् भने कुशल रुपाखेती काठमाडौं क्रिकेट संघबाट र सचिन श्रेष्ठ ललितपुर क्रिकेट संघबाट छनोटमा परेका हुन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद्आ (ईसीसी) ले २०२२ मा वेस्ट ईण्डिजमा अण्डर १९ पुरूष विश्व कपको छनोट खेल गर्दैछ । त्यसअघि यू -१९ एसिया कप डिसेम्बर अन्तिम देखि हुँदैछ । त्यसको लागि नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ राष्ट्रिय प्रातियोगिता गर्न जिल्ला क्रिकेट संघहरुले आफ्नो जिल्लाका लागि खेलाडी छनोट गरेको हो ।

Loading...