Thu. Apr 18th, 2024

राष्ट्रिय जनगणनाको लागि ४० हजार गणक

काठमाडौ

यही कात्तिक २५गतदेखि देशैभरि सुरु हुने जनगणना २०७८को लागि देशभरमा ४० हजार जना गणक खट्ने भएका छन्।

त्यसका लागि८ हजार ५ सय सुपरिवेक्षक खटाउने तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

सोमबार केन्द्रीय तथ्याकं विभाग र मिडिया एक्सन नेपालले आयोजना गरेको एक कार्यक्रममा विभागले सो जानकारी दिएको हो।१५ दिनभित्र सम्पन्न जनगणना कार्यक्रम मंसिर ९ गतेसम्म जारी रहनेछ।

यसपालिको जनगणनामा जनगणना २०६८ को भन्दा बढी प्रश्नका सूची समावेश भएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए। जनगणनका लागि ३ सय ४९ वटा राष्ट्रिय जनगणना कार्यालय स्थापना गरिएको विभागले जनाएको छ।यो वर्षको जनगणनापछि नेपालको जनसंख्या ३ करोड ४ लाख हुने विभागको अनुमान छ।

विभागका अनुसार ५५ वटा प्रश्न सहितका जनगणनाको लागि २०मिनेट जति समय लाग्नेछ।विभिन्न सामाजिक तथा आर्थिक समूहको तथ्याकं समावेश गर्ने उद्देश्यले पहिलेको जनगणनामा भन्दा यो वर्ष बढी प्रश्न समावेश भएको हो।

जसमा घरपरिवार सूचीकरण, नेपाल सरकारको प्रक्रियामा दर्ता नभएका तर ससाना आय–आर्जन गरिरहेका महिलाहरूको अर्थतन्त्रमा पुगेको योगदानको तथ्यांक संकलन हुने गरी तथ्यांक संकलन गर्न लागेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए।

‘घरको परिवारले मात्र संचालन गरेका,डालो बनाउने,बत्ती काटेर बिक्री गर्ने,दाउरा संकलन गरेर बिक्री गर्ने जस्ता घरेलु कामको समेत लागत हिसाव राख्ने गरी संकलन गर्न लागिएको हो’ निर्देशक लामिछानेले भने।

यसअघि महिलाहरूले संचालन गरेका औपचारिक क्षेत्रका आम्दानीलाई राष्ट्रिय अर्थतन्त्रमा लागत रहने गरी तथ्यांक संकलन गरिएको भए पनि महिलाहरूको सूक्ष्म आम्दानीलाई नेपाल सरकारले पहिलो पटक समेट्न लागेको लामिछानेले बताए।

About The Author

Loading...

अन्य समाचारहरु: