
धादिङ: मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम शुक्रबाबाट धादिङको बैरेनीमा सुरु भएको छ ।
तालिमको बामगती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले उद्घाटन गरेका हुन् । तालिम उद्घाटनलाई सम्बोधन गर्दै मन्त्री खनालले नयाँ नीति नयाँ प्रविधि प्रयोग गरि पत्रकारिता सहज बनाउन सरकारले यस्तो तालिममा लगानी गरेको बताए ।
तालिम उद्घाटन गर्न धादिङ आएका मन्त्री खनालले गल्छी गाउँपालिका कार्यालयको पनि अनुगमन गरेका छन् ।

मोबाइललाई अधिकतम प्रयोग गरी सहज रुपमा समाचार लेखन र सम्पादन गर्न तालिम उपयोगी हुने बागमती प्रदेशका प्रेस रजिस्ट्रार रेवती सापकोटाले बताए । तस्वीर र भिडियो खिच्न एवं अडियो रेकर्डमा मोबाइलको प्रयोग कसरी गर्ने भन्ने विषयमा तालिम केन्द्रित हुने उनले जानकारी दिए ।
तालिममा बागमती प्रदेशभित्रका २० जना पत्रकार सहभागी छन् । धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले अनलाइन संचार माध्यमहरुले राख्ने बिकाउ हेडलाईनले भ्रम पैदा हुने भएकोले संवेदनशील भईदिन पत्रकारहरुलाई आग्रह गरे ।
गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले सरकारले गरेका राम्रा कामको पनि प्रचार गरिदिन आग्रह गरे ।