Mon. Apr 15th, 2024

गंगाजमुना मेला मनाइदैँ

धादिङ : धादिङको उत्तरी क्षेत्रमा लाग्ने गंगाजमुना मेला आइतबारदेखि मनाइदैछ । धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित यस स्थलमा हरेक बर्ष हरिबोधनी एकादशीको अवसरमा मेला लाग्ने गर्दछ । मेलाका लागि स्टलहरु निर्माण तथा अन्य व्यवस्थापनको कार्य गरिएको छ । मेलाको अवसरमा विविध साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।

जिल्लाकै प्रसिद्ध तीर्थस्थल गंगा–जमुना झरना २ हजार ८ सय मिटर उचाइमा रहेको पहाडबाट सिधै १ हजार मिटर तल झर्छ। यसरी झरेको थलोमै तीर्थालु जम्मा हुन्छन् । तीन दिन चल्ने यो धार्मिक मेलामा धादिङबाट मात्र नभई अन्य जिल्लाबाट समेत भक्तजन आउँछन् ।

अघिल्लो दिन बेलुकादेखि भक्तजन र बर्तालुहरू फुलको डोली लगेर बत्ती बाली जागराम बस्छन । एकादशीको दिन बिहान गंगाजमुनाको छहरामा स्नान गरि डोली तार्ने बत्ती सेलाऊने र पहरामा रहेको भगबान गंगाजमुनाको दर्शन गरि फिर्ता भई दिन भरी घरमा रहेको तुलसीको मन्दिर बनाई पुजा गरि फलफुल र सखरखण्ड पिडालु जस्तो फलार खाई बर्त बस्छन ।

ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरनामा गएर नुहाउने तथा मनले चिताएको पुरा होस् भनेर आर्शिवाद माग्ने प्रचलन रहिआएको छ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पुजा आजा गर्ने प्रचलन पनि रहेको छ । भक्तजनहरुले गंगा–जमुना कुण्डमा नुहाउँदा रोगब्याधी निको हुने र परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक बिश्वास रहि आएको छ ।

गंगा जमुना झरनासँगै रहेको कुकुर धारोमा गएर नुहाउनेहरुको पनि भीड हुने गर्दछ । विशेष गरी वर्षभरी कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि भन्दै कुकुरधारोमा गएर नुहाउने प्रचलन रहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: