Fri. Feb 7th, 2025

पाविलन्यूज डट कम अनलाइन आठौँ वर्षमा प्रवेश

धादिङ –
धादिङ मिडिया नेटवर्कद्धारा सञ्चालित पाविलन्यूज डटकम सातौँ वर्ष पूरा गरि आठौँ वर्षमा प्रवेश गरेको छ ।

धादिङ जिल्लाबाट सञ्चालित अनलाइन वि.स.२०७१ मंसिर १ गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको थियो । अनलाइनले धादिङ लगायत देशैभरका कुनाकाप्चाका सुचना, सन्देश, समाचारलाई समेट्दै आइरहेको छ ।

धादिङको सदरमुकाम धादिङबेसीको नीलकण्ठ नगरपालिका वडा नं ३ बाट सञ्चालन भइरहेको अनलाइनले शिक्षा, स्वास्थ्य, राजनैतिक, आर्थिक, सामाजिक, खेलकुद, मनोरन्जन, जनचासो तथा समसामयिक विषयबस्तुहरुलाई समेटेर सामग्रीहरु प्रस्तुत गरिरहेको छ । धादिङ जिल्ला र आसपासका जिल्लाहरुलाई विशेष प्राथमिकतामा राखेर अनलाइन सञ्चालन गरिएको अनलाइनका अध्यक्ष नवराज छत्कुलीले जानकारी दिए ।

सुशासन र पारदर्शिता, सामाजिक परिवर्तन, नागरिकहरूको हक९अधिकार र स्वाभिमानप्रति अनलाइन सधैँ चनाखो हुँदै आएको छ । आगामी दिनहरुमा पनि पाविलन्यूजले समेट्ने समाचार तथा विषयबस्तुको घेरा अझै फराकिलो बनाई सुचना, सन्देश दिलाउनका लागि तत्पर रहने अध्यक्ष छत्कुलीले बताए ।

About The Author

अन्य समाचारहरु: