Sun. Apr 21st, 2024

माओवादी केन्द्र धादिङको वडा अधिवेशन आज

धादिङ– नेकपा (माओवादी केन्द्र) धादिङको वडा अधिवेशन आज हुँदैछ । केन्द्रीय कार्यक्रम अनुसार नै धादिङका सबै वडामा नेतृत्व चयन हुने नीलकण्ठ नगर अध्यक्ष दिपक विश्वकर्माले बताए ।

‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ नारासहित वडा अधिवेशन गर्दैछ । सकेसम्म सर्वसम्मत रुपमा समिति चयन गरिने माओवादीका जिल्ला नेताहरुले प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, सहसचिव १, कोषाध्यक्ष १ गरी २९ सदस्यीय वडा कमिटी चयन हुने नीलकण्ठ नगर अध्यक्ष विश्वकर्माले जानकारी दिए । कमिटीमा ३५ प्रतिशत महिला,२० प्रतिशत युवा (१८-४०), १५ प्रतिशत दलित अनिवार्य हुनुपर्ने व्यवस्था रहेको पनि उनले जानकारी दिए ।

आगामी मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा माओवादी केन्द्रले नेतृत्व चयनका लागि सम्मेलन गर्ने जनाएको छ । यस्तै पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको घोषणा गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: