Tue. Apr 16th, 2024

कांग्रेस धादिङको अधिवेशनः प्रतिनिधिसभा १ ‘क’ र ‘ख’ मा आज मतदान

धादिङ– नेपाली कांग्रेसको १४औं महाधिवेन अन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ र ‘ख’ मा आज मतदान हँुदैछ । २ वटै प्रदेशसभाको मतदान आजै भएपनि प्रतिनिधिसभाको मतदान ८ गते मात्रै हुने कांग्रेस धादिङले जनाएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं. २ मा भने मंगलबार निर्वाचन तोकिएको छ । प्रतिनिधिसभा क्षेत्र नं. १ को २ वटै प्रदेशसभाको निर्वाचन पनि मंगलबार नै गर्ने तयारी भएको छ । प्रतिनिधिसभा क्षेत्र नं. २ मा आज मनोनयन दर्ता हुँदैछ ।

महाधिवेशन प्रतिनिधि पनि चयन गर्ने भएकाले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई निकै महत्वका साथ लिइन्छ । महाधिवेशन प्रतिनिधिले नै पार्टीको केन्द्रीय सभापतिसहित कार्यसमिति चयन गर्ने विधानमा व्यवस्था छ ।

एउटा निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । कांग्रेसभित्र नेतृत्वका आकांक्षीहरुले आफ्नो पक्षमा बढि महाधिवेशन प्रतिनिधि ल्याउने होडबाजी चलिरहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: