Sat. Jan 22nd, 2022

धादिङको गजुरीमा ट्रकको ठक्करबाट छोरीको मृत्यु, आमा गम्भीर घाइते

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– २ चालिसेमा मालबाहक ट्रकले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन् ।

वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ६ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालबाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिएको थियो । ट्रकले ठक्कर दिँदा धादिङको सिद्धलेक गाउँपालिका– १ नलाङकी ११ वर्षीया कृपा अर्यालको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए ।

डिएसपी रिमालका अनुसार दुर्घटनामा परी घाइते बनेकी आमा मिठु अर्यालको गजुरीस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको छ । ट्रकचालक प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

Loading...