Fri. Mar 29th, 2024

धादिङमा पौडेल पक्षका रामनाथ प्यानल बलियो

धादिङ– नेपाली कांग्रेस धादिङको १४औं अधिवेशनमा पौडेल पक्ष बलियो देखिएको छ ।
देउवा पक्षको नेतृत्व गर्दै आएका भीमप्रसाद ढुंगानाको प्यानल र पौडेल पक्षको नेतृत्व गर्दै आएका रामनाथ अधिकारीको प्यानलबीच भएको मतदानमा रामनाथको प्यानल बलियो देखिएको हो ।

रामनाथ र भीमप्रसाद दुबैले आ–आफ्नो मत बलियो भएको दावी गर्दै आएको प्रतिनिधिसभा क्षेत्र नं. १ मा रामनाथको प्यानल नै विजयी भएको छ । प्रदेशसभा १ ‘क’ र ‘ख’ मा पनि रामनाथकै प्यानल विजयी भएको छ ।

भीमप्रसादले आफ्नो पकड मान्दै आएको प्रतिनिधिसभा २ मा पनि रामनाथले नै बाजी मारेको छ । सचिव र सहसचिव एकएक जना बाहेक सभापतिसहित अधिकांश पदमा रामनाथकै प्यानल हावी छ ।

प्रदेशसभा २ को सभापति रामनाथ र भीमप्रसादले एउटा एउटा हात पारेको छ । प्रदेशसभा २ ‘क’ रामनाथ प्यानलका होमबहादुर गुरुङले जितेका छन् भने प्रदेशसभा २ ‘ख’ मा भीमप्रसाद प्यानलका रणबहादुर तामाङ सभापतिमा निर्वाचित भएका छन् । यो दुबै क्षेत्रमा प्यानल विजयी नभएपनि पदाधिकारीसहित सदस्यहरु रामनाथ प्यानलबाटै धेरै विजयी भएका छन् ।

प्रतिनिधिहरु कस्को कति ?
नेपाली कांग्रेसले धादिङबाट ५० जना महाधिवेशन प्रतिनिधि चुनिएका छन् । त्यसमा पनि ४१ जनाले रामनाथ प्यानलबाट नै चुनाव जितेका छन् भने भीमप्रसाद प्यानलबाट ९ जनाले मात्रै जितेका छन् ।

२ जना क्षेत्रीय सभापतिसहित केन्द्रिय महाधिवेशनमा ५२ जना प्रतिनिधि सहभागी हुनेछन् ।
प्रदेशसभामा चुनिएका ६८ जना प्रतिनिधि पनि रामनाथ प्यानलकै धेरै विजयी छन् । ४ जना क्षेत्रीय सभापतिसहित ७२ जनाले प्रदेशसभामा भाग लिनेछन् ।

About The Author

Loading...

अन्य समाचारहरु: