Mon. Apr 15th, 2024

पुर्ण अपाङ्ता भएकी धादिङको गल्छीका एक महिलालाई घरमै नागरिकता वितरण

धादिङ : पूर्ण रुपमा अपांगता भई नागरिकता बिहिन बनेकी धादिङको गल्छीका एक महिलालाई घरमै नागरिकता प्रदान गरिएको छ । जिल्लाको गल्छी गाउपालिका वडा नम्बर १ फोसटारका ६३ बर्षिया हरिमाया खतिवडालाई प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले घरमा नै पुगेर नागरिकता वितरण गरेका हुन् ।

पुर्ण अपाङ्ता भएकी खतिवडालाई कार्यलयमा ल्याउन असहज भएकाले घरमा नै गइ नागरिकता वितरण गरिएको हो । खतिवडा शारिरिक रुपमा कमजोर छिन् । हिड्न खानको लागि सहयोगी आवश्यक पर्छ भने अरुले बोलेको कुरा बुझुन सक्दिनन । हरिमायाको नागरिकता नभएका कारण अपाङ्गता परिचयपत्र बन्न सकेको थिएन । अबनागरिकता पाए पछि अपाङ्गता परिचय पत्र निमाण गर्ने उनका संरक्षक एवम् दाजु विश्वनाथ खतिवडाले बताए ।

नागरिकता वितरण गर्दै प्रमुख जिल्ला अधिकारी लम्सालले सामाजिक उतरदायित्व अन्तरगत सेवाग्राहिको प्राथमिकतामा सेवा प्रवाह गरिने बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: