Sun. Apr 21st, 2024

कांग्रेस धादिङ निर्वाचन : शान्ता तामाङ केन्द्रिय महासमिति सदस्यमा निर्विरोध


धादिङ:
नेपाली कांग्रेसको केन्द्रिय महासमिति सदस्यमा शान्ता तामाङ निर्विरोध भएकी छन् ।

नेपाली कांग्रेसको युवा नेत्री एवम् समाजसेवी तामाङ नेपाली काँग्रेस धादिङको १४औं महाधिवेशन प्रतिनिधिबाट सर्वसम्मत भई केन्द्रिय महासमिति आदिवासी जनजाति महिला सदस्यमा निर्बिरोध निर्वाचित भएकी हुन् । काँग्रेस धादिङको शनिबार भएको निर्वाचनमा उनको पदमा अरु कसैको उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत भएकी हुन् ।

यस अघि पनि उनी नेपाली कांग्रेसको महासमिति सदस्य थिइन । उनी निडर तथा स्पष्ट बक्ताको रुपमा परिचित छिन। उनी मिसेस नेपाल आइकन २०१५ कि फर्स्ट रनर अप हुन् भने संयुक्त अपांग एकता आवाज केन्द्र संस्थाकि गुड विल एम्बासडर तथा सल्लाहकार साथै युवा पर्यटन व्यवसायी पनि हुन् ।

About The Author

Loading...

अन्य समाचारहरु: