Tue. Apr 16th, 2024

सुनको मूल्य घट्यो

काठमाडौ –

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले बढेर एक हजार २२० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: