Sun. Feb 9th, 2025

सुरुङ निर्माणका लागि जथाभावी बजेट

काठमाडौँ — राजनीतिक दबाबमा देशका विभिन्न ठाउँमा सुरुङ निर्माणका लागि जथाभावी बजेट मात्र छुट्याउने गरेको पाइएको छ । पर्याप्त बजेट नछुट्टिने र प्रारम्भिक अध्ययन आदिका काम पनि अघि नबढ्दा ती आयोजनाले गति लिन सकेका छैनन् ।

अहिलेसम्म अध्ययन र निर्माण गर्न प्रस्ताव गरिएका सुरुङको संख्या मात्र २४ छ । तीमध्ये सिद्धबाबा सुरुङको मात्र ठेक्का आह्वान गरी प्राविधिक मूल्यांकनको प्रक्रिया अघि बढाइएको छ । केहीको विस्तृत सम्भाव्यता अध्ययन थाल्ने तयारी हुँदै छ । केहीको भने बजेटमा नाम मात्र राखिएको छ । तर प्रारम्भिक अध्ययन अघि बढेको छैन ।

राजनीतिक दबाबमा सुरुङको नाम बजेटमा राख्न प्रस्ताव गरी अर्थ मन्त्रालय पठाउने गरिएको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय स्रोत बताउँछ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १९ वटा सुरुङको निर्माण र अध्ययन गर्न भन्दै बजेट छुट्याएका थिए । पौडेलपछि अर्थमन्त्री बनेका जनार्दन शर्माले ५ आयोजना थपे । नेताकै दबाबमा उनले संख्या थपेका हुन् ।

माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतको दबाबले बजेट प्रतिस्थापन गर्न बनेको विधेयकमा रारा राजमार्गको जाजरकोट–ब्याउलीढुंगा–जुम्ला–इमिलचा खोला सुरुङ आयोजना समेटिएको स्रोतको दाबी छ ।

अहिले उक्त सुरुङका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । करिब साढे ५ किलोमिटर अनुमान गरिएको सुरुङको अहिलेसम्म अध्ययन प्रक्रिया नै थालिएको छैन । प्रक्रिया परको कुरा, सुरुङ बन्ने ठाउँसम्म पुग्ने सडकसमेत छैन । ‘

About The Author

अन्य समाचारहरु: