Mon. Apr 15th, 2024

कांग्रेस प्रदेश समिति चयन गर्न आज चुनाव: धादिङका प्रतिनिधि पनि तीनतिरै बाँडियो

धादिङ– नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज प्रदेश समिति चयनका लागि चुनाव हुँदैछ । केन्द्रीय निर्वाचन समितिले तय गरेको कार्यतालिकाअनुसार प्रदेश २ बाहेक अरु प्रदेशमा हिजै उम्मेदवारी दर्ता सकिएको छ र आज चुनाव हुँदैछ ।

प्रदेश सभापतिसहित पदाधिकारी र सदस्यका लागि अधिकांश प्रदेशमा नेतृत्वका लागि दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

वागमती प्रदेशमा भने त्रिपक्षीय प्रतिस्पर्धा छ । संस्थापन पक्षबाट मकवानपुरका जिल्ला सभापति ईन्द्र बानियाँ प्रदेश सभापतिको आकांक्षी बनेका छन् । संस्थापनइतर पक्षले जगदीश्वरनरसिंह केसीलाई सभातिको उम्मेदवार बनाएको छ । सिटौला पक्षबाट पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान प्रदेश सभापतिको प्रत्याशी रहेका छन् ।

धादिङ जिल्लाबाट जाने प्रतिनिधि पनि तीनतिर नै देखिएका छन् । धादिङका नेताहरुले बानिया, सिंह र सिटौला तीनै टीमबाट उम्मेदवारी दिएका छन् ।

इन्द्र बानियाको टीमबाट प्रदेश महामन्त्रीमा तिलक रुवाली र सदस्यमा देवी बुर्लाकोटी पाण्डेले उम्मेदवारी दिएकी छन् ।

जगदीश नर्सिङ केसीको टीमबाट वामदेव अधिकारी, सरद अधिकारी, उर्मिला कडेल, देव कुमारी कार्की, अस्मिन लम्साल, अर्जुन उप्रेतीले प्रदेश कमिटी सदस्यमा उम्मेदवारी दिएका छन् ।

भीमसेनदास प्रधानको टीमबाट नौबिसेका राजकुमार दास सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: