Sun. Apr 21st, 2024

दुर्घटनामा स्कुटर चालकको मृत्यु

भक्तपुर

गुडिरहेको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मध्यपुरथिमि नगरपालिका धुन्चेपाखाबाट थिमि आउँदै गरेको बागमती प्रदेश ०२–०१६प ३४३६ नंको स्कुटर मध्यपुरथिमि नगरपालिका–८ बोडे तीनदोबाटोमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा रामेछापको लिखु गाउँपालिका(६ घर भइ हाल मध्यपुरथिमि नगरपालिका धुन्चेपाखा बस्ने ३५ वर्षीय राजकुमार तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: