Sun. Feb 9th, 2025

तामझामका साथ घरबाट माइत झरिन् त्रिपुरासुन्दरी माई (फोटोकथा)

शंकर श्रेष्ठ
सल्यानकोट (धादिङ)–
धादिङको त्रिपुरासुन्दरी भगवती माईको जात्रा नेपालकै अनौठो र रोचक छ । त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानकोट र आगिन्चोकमा लाग्ने जात्रामा भक्तजनले मुत्र्ति छोएर पुजा गर्न त पाउँदैनन् नै देख्न समेत पाउँदैनन् । सयौं भक्तजनहरु बाटोको दायाँवायाँ बसेर पुजापाठ र अविर जात्रा गर्छन् । पहाडि क्षेत्रको रोचक र अनौठो परम्परा बोकेको त्रिपुरासुन्दरी माई भगवतीमा एक वर्षमा तीन ठाउँमा सारेर पुजाआजा गरिन्छ । यसैक्रममा सोमबार बिहान त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानकोटबाट आगिन्चोकमा रहेको मन्दिरमा सारिएको छ । जसलाई त्रिपुरासुन्दरी भगवती माईलाई माइत आएको भन्ने जनविश्वास छ ।

तस्बिरहरु: शंकर श्रेष्ठ

About The Author

अन्य समाचारहरु: