
धादिङ– गजुरी गाउँपालिका-२ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । भवनको सोमबार बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले उद्घाटन गरेका छन् ।
वडा अध्यक्ष चुडामणि कँडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजेन्द्रबिक्रम बस्नेत, उपाध्यक्ष सीता ढुंगाना, प्रमुख प्रशासकीय अधिकृत राजन घिमिरेलगायत दलका नेताहरू सहभागी थिए । भवन निर्माणपछि दैनिक कार्यसम्पादनमा सहज हुने कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

त्यसैगरी सोमबार नै मुख्यमन्त्री पाण्डेले सिद्धलेक गाउँपालिका-७ को नेकपा समाजवादीको वडाभेलालाई सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा पाण्डेले गाउँको विकास निर्माण र जनताको घरदैलोमा बसेर नियमित काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
समाजवादी पार्टीको स्थापनापछि जनतामा नयाँ उत्साह आएको र यसले विकासका काममा उदार ल्याउनेमा कार्यकर्तालाई पाण्डेले विश्वस्त पारे ।