Mon. Apr 15th, 2024

कांग्रेसले २९ वटा मतपत्रमार्फत् मतदान गरेर नयाँ कार्यसमिति चुन्ने

काठमाडौ – नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदैछ । २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उदघाटन र हलमा बन्द सत्र हुनेछ ।

२५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका बनाइएको छ ।

कांग्रेसले भृकुटीमण्डप, राष्ट्रियसभा गृह र महेन्द्र पुलिस क्लब गरी तीन ठाउँमा मतदानको व्यवस्था मिलाउने जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूले २९ वटा मतपत्रमार्फत् मतदान गरेर नयाँ कार्यसमिति चुन्ने छन् ।

देश संघीय संरचनामा गएपछि पहिलो पटक हुन लागेको कांग्रेसको १४औं महाधिवेशनबाट १४ पदाधिकारीसहित १६७ सदस्यीय केन्द्रीय समिति चयन हुनेछन् ।

महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री क्लस्टर० बाट चयन हुने छन् ।

कांग्रेसको संशोधित विधान अनुसार सहमहामन्त्रीहरू विभिन्न क्लस्टरबाट उम्मेद्वार बन्ने छन् र सबै केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूले निर्वाचित गराउने छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: