एजेन्सी –
बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।
अब्रारफहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन काराबासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले स्थानीय सञ्चारमाध्यमलाई बताए।
सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका फहादको २०१९ मा हत्या भएको थियो।