Thu. Apr 18th, 2024

माओवादी केन्द्रले प्रदेश पदाधिकारी र सदस्य संख्या थप्‍ने

काठमाडौं– नेकपा माओवादी क्र्न्द्रले प्रदेश समिति पदाधिकारी र संख्या समेत बढाएको छ । माओवादी केन्द्रको विहिबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना पुर्‍याएको हो ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सचिव र कोषाध्यक्ष रहने छन् । त्यस्तै प्रदेश समितिको संख्यासमेत बढाएको छ । यसअघि १ सय ७५ सदस्यीय समिति बनाउने भनिएकोमा निर्वाचन क्षेत्र र पालिकालाई आधार मानेर संख्या थप गर्ने भएको हो ।

माओवादीले यही मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ।

About The Author

Loading...

अन्य समाचारहरु: