Wed. Dec 4th, 2024

सहकारीले जीवनस्तर सुधार्न सहयोग गरेको छ: मुख्यमन्त्री पाण्डे

धादिङ– सहकारीले जनताको जीवनस्तर सुधारमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताएका छन् ।

सहकारीले बचत गर्ने बानीको बिकास भएको र ऋण काराेबार गरेर व्यवसाय संचालन गर्ने साना व्यवसायीलाई सहज भएको भन्दै मुख्यमन्त्री पाण्डेले सहकारी न्युनवर्गीयहरुको सारथि बनेको बताएका हुन् ।

साना किसान कृषि सहकारी सस्था लि. धुषाकाे १९औँ वार्षिक साघारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले भने,’सहकारीकाे बिकासकाे लागि प्रदेश सरकारले सहकारी मन्त्रालय स्थापना गरि सहकारी क्षेत्रकाे बिकासमा ध्यान दिएको छ । मन्त्रालयकाे स्थापनापछि सहकारीहरूकाे बिकासकाे लागि ठाेष कार्यक्रम ल्याउने छ ।’

प्रदेश सरकारले सहकारी मार्फत जनतालाई उद्यम गरी उत्पादन बढाउन गर्न १ अर्ब  रूपैया ३% मा सहुलेत ऋण दिने ब्यबस्था गरेकाे पनि मुख्यमन्त्री पाण्डेले बताए ।

साना किसान कृषि सहकारी सस्था लि. धुषाका अध्यक्ष पवन थपलियाको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन समारोहमा जनजागृती बहुउद्देश्यीय सहकारी सस्था धुषाका अध्यक्ष रमेश छत्कुली, बचत तथा ऋण सहकारी सघ धादिङका अध्यक्ष टाप बहादुर श्रेष्ठ, तरकारी तथा फलफुल केन्द्रीय सहकारी सघका सह अध्यक्ष हेमनाथ थपलियालगायत सहभागी थिए ।

About The Author

अन्य समाचारहरु: