Sun. Apr 14th, 2024

एकैपटक तीनवटा सवारी ठोकिदा एकको मृत्यु, दुई घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका- २ बिहानी पम्प नजिकै मोटरसाइकल र स्कुटर ठोकीँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको दुर्घटनामा दुईजना घाइते भएका छन्।

बा४४प ९८३६ नम्बरको मोटरसाइकल र बा६३प ४८३४ नम्बरको स्कुटर एकापसमा ठोक्किएको ठाउँमा ना६ख ७४९ नम्बरको ट्रकले दुर्घटनामा परेको मोटरसाइकललाई पुन: ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुकबहादुर चेपाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।

घाइते २ जना सामान्य उपचारपछि घर फर्किएको पनि प्रहरीले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: