Thu. Apr 18th, 2024

काठमाडौंमा आज यो वर्षकै बढी चिसो

काठमाडौं- काठमाडौं उपत्यकामा सोमबार यो वर्षकै बढी चिसो महसुस गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ५ डिग्री सेल्सियस मापन गरिएको हो।

आइतबार काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस थियो। चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम सुरू हुन्छ।

केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

आज राति देशको पहाडी भ–ूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने बताइएको छ।

About The Author

Loading...

अन्य समाचारहरु: