Fri. Jul 19th, 2024

घुन लागेको दाल निजी गोदाममा

WFP-Chitawan_20150703072145

चितवन – घुन मिसिएको पाएपछि विश्व खाद्य कार्यक्रम ९डब्लूएफपी०ले ‘फिर्ता गरेको’ दाल व्यवसायीले भण्डारण गरेको भेटिएको छ ।

प्रशासनले रत्ननगर नगरपालिका ४ स्थित २ नम्बर सडकमा रहेको कन्हैयालाल राठीको दन्तकाली स्टोरमा उक्त दाल फेला पारेपछि बिहीबार सिल गरेको छ । प्राकृतिक प्रकोप पीडितलाई दिन भन्दै डब्लूएफपीले उक्त दाल बाराको परवानीपुरस्थित धनलक्ष्मी दाल मिलबाट खरिद गरेको थियो ।

स्टोर सञ्चालक राठी र कामदार रामअवतार शर्मालाई नियन्त्रणमा लिएर अनुसन्धानपछि बिहीबारै २५र२५ हजार धरौटीमा छाडिएको छ । बुधबार भरतपुरस्थित केन्द्रीय बसपार्कमा निर्माण गरिएको आपतकालीन खाद्य भण्डारका लागि दाल ल्याइएको थियो । घुन फेला परेको भन्दै डब्लूएफपीले बुधबारै ‘रिजेक्ट पेपर’ दिएर अयोग्य भन्दै फिर्ता पठाएको थियो ।

‘विश्व खाद्य कार्यक्रमको लोगोसहितको दालको बोरा गोदाममा फेला परेको हो,’ प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले भने, ‘रिजेक्ट गरेको दाल गोदाममा फेला परेपछि बिक्री गर्न राखिएको शंकामा सञ्चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेका छौं ।’ लोगोसहित दाल फिर्ता गरेकोमा डब्लूएफपीले गल्ती स्विकारिसकेको र अनुसन्धान जारी रहेकाले अखाद्य भए ऐनअनुसार कारबाही अगाडि बढाउने उनले जनाए ।

‘लोगो सहितको दाल फिर्ता गरेको थाहा पाउनासाथ तत्काल गोदाम सिल गरी अनुसन्धान अगाडि बढाएका हौं,’ सिंहले भने, ‘यदि बिक्री गर्नकै लागि राखिएको पाए कालोबजारी ऐनअनुसार कारबाही गर्नेर्छौं ।’ गोदाममा ६ सय ६० बोरा मसुरोको दाल फेला परेको छ ।

एसपी सहकुलबहादुर थापाले डब्लूएफपीले फिर्ता गरेको दाल टाँडीको गोदाममा राखिएपछि शंका लागेर नियन्त्रणमा लिइएको बताए । सरोकारवालाले विभिन्न संघसंस्थामार्फत यस्तो अखाद्य दाल अझै पनि प्रकोप पीडितसमक्ष पुग्ने खतरा रहेको दाबी गरेका छन् ।

विश्व खाद्य कार्यक्रम काठमाडौंका लागि बारा परवानीपुरका तेजकरण अग्रवालले ई–बिडिङ मार्फत टेन्डर पारेका थिए । लो ई–बिडिङमार्फत परेको टेन्डर स्वीकृत भएको थियो । प्रजिअ सिंहका अनुसार पक्राउ परेका राठीले ट्रक बिग्रिएर बारा लग्न नमिलेछि गोदाममा राखेको बयान दिएका छन् । ‘दालको नमुना खाद्य तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय हेटौंडा पठाउने तयारी गरेका छौं,’ उनले भने, ‘खानै नहुने हो कि वा मापदण्ड नपुगेको भन्नेबारे अनुसन्धान गरी कारबाही अगाडि बढाउनेछौं ।’

दाल आपूर्ति गर्ने उद्योगलाई समेत यसको सम्बन्धमा अनुसन्धान गर्न पत्राचार गरिएको उनले बताए । २ वटा ट्रकमा दाल ल्याइएको थियो । दाल ३ सय ३० क्विन्टल भएको प्रशासनले जनाएको छ । बोरामा एकतिर डब्लूएफपी लेखिएको र अर्कोतिर ‘नटफर सेल’ लेखिएको पाइएको प्रजिअ सिंहले बताए ।कान्तिपुरबाट

About The Author

Loading...

अन्य समाचारहरु: