Wed. Jan 22nd, 2025

क्यानडाले आदिवासी बालबालिकालाई ३१ अर्ब डलर क्षतिपूर्ति दिने

एजेन्सी –

क्यानडाले आवासीय स्याहार केन्द्रमा विभेद गरिएका आदिवासी बालबालिका र परिवारलाई क्षतिपूर्तिस्वरुप ३१ अर्ब अमेरिकी डलर दिने भएको छ ।

सेप्टेम्बरमा एक उच्च अदालतले अन्य बालबालिकाको तुलनामा आदिवासी बालबालिकालक्षित आवासीय सेवालाई न्यून बजेट उपलब्ध गराइएको भन्ने २०१६ को फैसला सदर गरेको थियो । त्यस्तै, अदालतले आरक्षण कल्याण कार्यक्रममा आबद्ध हरेक बालबालिकालाई ४० हजार क्यानाडेली डलर ३१ हजार ३५० अमेरिकी डलर दिन भनेको थियो ।

सरकारले सुरुमा अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएको थियो । तर १९९६ सम्म सञ्चालित आवासीय विद्यालय नजिकै ११ सय जनाको चिहान फेला परेपछि जन दबाब खेप्दै आएको सरकारले क्षतिपूर्ति दिने भएको हो ।

क्यानडा सरकारले मंगलबार औपचारिक रुपमा क्षतिपूर्ति रकम घोषणा गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

३१ अर्ब बराबरको क्षतिपूर्ति रकमलाई २०१६ को न्यायिक छानबिनसहित अन्य २ वटा मुद्दा निरुपण र आदिवासी बाल कल्याण कार्यक्रमको दीर्घकालीन सुधारका लागि प्रयोग गरिने समाचारमा उल्लेख छ ।

क्यानाडामा १९९६ सम्म आदिवासी बालबालिलकालाई आफ्नो मातृभाषा त्यागी इसाइ बनाउने र समाजमा सम्मिलन गराउने उद्देश्यस्वरुप आवासीय विद्यालय प्रणाली लागू गरिएको थियो । उक्त प्रणालीअन्तर्गत आदिवासी बालबालिकालाई उनीहरूको परिवारबाट छुटाएर आवासीय विद्यालय पठाइने गरिन्थ्यो । यसमध्ये कैयौं बालबालिकाहरू कुपोषण, कुटपिट र यौन दुर्व्यवहारको सिकार बन्ने गर्थे ।

About The Author

अन्य समाचारहरु: