Fri. Mar 29th, 2024

पोखराको फेवाताल किनारमा ‘पामे चलचित्र महोत्सव’ हुँदै

पोखरा– पर्यटकीय सहर पोखराको फेवाताल किनारमा पुस १२ देखि १६ गतेसम्म ‘पामे चलचित्र महोत्सव’ हुने भएको छ ।

नेपाली चलचित्रको स्वदेश तथा विदेशमा प्रवर्धन गरी कला, साहित्य, सङ्गीतलाई विश्वभर पुर्‍याउने लक्ष्यसहित नेपाल संस्कृति केन्द्रले महोत्सव आयोजना गरेको हो।

महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनी, कलाका सम्पूर्ण विधा, सङ्गीत, साहित्य, विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा नेपाली खानाका विभिन्न परिकारसमेत प्रवद्र्धन गरिने आयोजकले जनाएको छ। महोत्सवमा विश्वका २० राष्ट्रका २०० भन्दा बढी चलचित्र एवं कला क्षेत्रका हस्ती, उद्यमी, साहित्यकार, सङ्गीतकार, लेखक सहभागी हुने छन् ।

महोत्सवमा चलचित्रको विश्व रङ्गमञ्चका  उत्कृष्ट विधाहरूमा उत्कृष्ट, कलात्मक सिर्जना, प्रस्तुति पस्कने चलचित्रकर्मीको प्रोत्साहन र  विश्व बजारमा पहिचान निर्माणका लागि पुरस्कृतसमेत गरिने  जनाइएको छ। 

About The Author

Loading...

अन्य समाचारहरु: