Mon. Feb 10th, 2025

प्रेस चौतारी धादिङको अधिवेशनमा नेतादेखि पत्रकारसम्म सम्मानित

धादिङ– धादिङ घर भएर नेकपा एमालेको केन्द्रीय कमिटीमा निर्वाचित नेताहरुलाई प्रेस चौतारी नेपाल धादिङले सम्मान गरेको छ ।

चौतारीको ९औँ अधिवेशनको अवसर पारेर  नवनिर्वाचित नेताहरुलाई सम्मान गरेको हो ।

नेकपा एमालेको १०औं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित सुरेन्द्र पाण्डेसहित ४ जनालाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा एमाले केन्द्रीय लेखा आयोग प्रमुख निर्वाचित पुष्प कंडेल, सदस्य मिनराज कंडेल, एमाले केन्द्रीय सदस्य खेम प्रसाद लोहनी, केन्द्रीय सदस्य जानुका सिंखडा रहेका छन् ।

त्यसैगरी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सीताराम अधिकारी, केशव अधिकारी, गायत्री खतिवडा र रामेश्वर कार्कीलाई पनि सम्मान गरेको छ ।

अधिवेशनकै अवसरमा जिल्लामा कृयाशिल ३ जना पत्रकारलाई प्रेस चौतारीले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सानुबाबु तिमिल्सिना, सरिता श्रेष्ठ र शंकर श्रेष्ठ रहेका छन् ।

About The Author