Wed. Apr 17th, 2024

सुरक्षित वैदेशिक रोजगार सम्बन्धी चेतनामुलक दोहोरी प्रस्तुत

धादिङ– अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा धादिङबेसीमा सुरक्षित बैदेशिक रोजगार सम्बन्धी जनचेतनामुलक दोहोरी प्रस्तुत गरिएको छ ।

वैदेशिक रोजगार सम्बन्धि विभिन्न गतिविधि गर्दै आएको सुरक्षित आप्रवासन सामी परियोजनाले शनिबार साँझ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कलाकारहरुले दोहोरी मार्फत वैदेशिक रोजगारीमा जानुअघि जान्नुपर्ने सीप तथा भाषाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा कलाकार राजकुमार बाँनिया र अस्मिता डल्लाकोटीले सहभागीहरुलाई जनचेतनामुलक दोहोरीमार्फत सहभागीहरुलाई मनोरंजन गराएका थिए ।

दिवसको अवसरमा बैदेशिक रोजगारको क्रममा दिवंगत भएकाहरुको चिरशान्तिको कामना तथा घाइतेहरुको स्वास्थ्य लाभको कामनामा शनिबार साँझ दीप प्रज्वलन गरिएको थियो ।

सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षण सम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा सन २००० देखि दिवस मनाइदै आएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: