Sun. Apr 21st, 2024

धादिङको ज्वालामुखीमा चित्रेकालिका जात्रा सुरु, मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन

शंकर श्रेष्ठ
ज्वालामुखी (धादिङ)-
धादिङको ज्वालामुखी गाउँपालिका-६ को चित्रेकालिका मन्दिरको जात्रा आजबाट सुरु भएको छ ।

हरेक बर्षको धान्य पुर्णिमाको दिन लाग्ने जात्रा प्रथम चित्रेकालिका धार्मिक तथा पर्यटन महोत्सवको आयोजना गरि सुरु गरिएको छ । महोत्सव तथा जात्राको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्घाटन गरेका छन् ।

परापुर्वकालदेखि नै मनाउदै आएको जात्रालाई वडा कार्यालयले महोत्सवकै रुपमा मनाएको यो पहिलो बर्ष हो । स्थानीय स्तरका धर्म संस्कृतिको जगेर्ना गर्न र गाउँगाउँमा पर्यटन प्रवर्द्धन गर्न जात्रालाई महोत्सवको रुपमा मनाइर्को वडा अध्यक्ष अर्जुन अर्यालले बताए ।

महोत्सवमा स्थानीय ठाउँमा पाइने कृषिजन्य उत्पादन, घरेलु उत्पादन प्रदर्शनमा राखिएको छ । सोमबार साँझसम्म चल्ने जात्रामा आउने जात्रालु र भक्तजनलाई मध्यनजर गर्दै विभिन्न स्टलहरु निर्माण गरिएको छ ।जात्रालाई भब्य बनाउन रास्ट्रीयकलाकारहरु उपस्थित छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: