Fri. Mar 29th, 2024

ज्वालामुखीको चित्रेकालिका जात्रा तथा महोत्सव आज पनि जारी

धादिङ– धादिङको ज्वालामुखी गाउँपालिका-६ को चित्रेकालिका मन्दिरको जात्रा तथा महोत्सव आज पनि जारी छ ।

हरेक बर्षको धान्य पुर्णिमाको दिन लाग्ने जात्रालाई प्रथम चित्रेकालिका धार्मिक तथा पर्यटन महोत्सवको आयोजना गरि मनाइदैछ । महोत्सव तथा जात्राको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्घाटन गरेका छन् ।

परापुर्वकालदेखि नै मनाउदै आएको जात्रालाई वडा कार्यालयले महोत्सवकै रुपमा मनाएको यो पहिलो बर्ष हो । स्थानीय स्तरका धर्म संस्कृतिको जगेर्ना गर्न र गाउँगाउँमा पर्यटन प्रवर्द्धन गर्न जात्रालाई महोत्सवको रुपमा मनाइर्को वडा अध्यक्ष अर्जुन अर्यालले बताए ।

महोत्सवमा स्थानीय ठाउँमा पाइने कृषिजन्य उत्पादन, घरेलु उत्पादन प्रदर्शनमा राखिएको छ । आइतबार दिउसोदेखि सुरु भएको जात्रा आज साँझसम्म चल्नेछ । जात्रामा आउने जात्रालु र भक्तजनलाई मध्यनजर गर्दै विभिन्न स्टलहरु निर्माण गरिएको छ ।

जात्रामा खुमन अधिकारी, अञ्जली अधिकारी, पुर्णकला बिसी, अस्मिता डल्लाकोटीलगयत कलाकारहरुले भब्य मनोरञ्जन दिइरहेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: