Sun. Apr 21st, 2024

आजदेखि सञ्चालनमा सुर्खेत विमानस्थल

सुर्खेत – सुर्खेत विमानस्थल मर्मतपछि आजदेखि सञ्चालनमा आएको छ।

करिब एक महिनादेखि विमानस्थल बन्द थियो।

धावनमार्ग मर्मतको काम सकिएपछि आजदेखि विमानस्थल सञ्चालनमा आएको हो। धावनमार्ग मर्मत गर्न मंसिर १० गतेदेखि विमानस्थल बन्द गरिएको थियो।

यसबीचमा हेलिकप्टर मात्र अवतरण र उडान हुने व्यवस्था मिलाइएकोमा अब जहाज अवतरण र उडानसमेत हुने भएको छ।

सोमबारदेखि बायु सेवा कम्पनीहरूले जहाजको टिकट बिक्री खुला गरेका थिए।

सुर्खेत–काठमाडौं सिधा हवाई उडान गर्ने बुद्ध एअरले पनि आजदेखि नै नियमित सुर्खेतको उडान गरेको छ।

यसबीचमा बुद्धले सुर्खेतको विकल्पमा नेपालगन्जमा एउटा उडान थपेको थियो।

About The Author

Loading...

अन्य समाचारहरु: