Tue. Dec 3rd, 2024

म्यानमारमा यातना दिएर पुरुषको सामुहिक हत्या

एजेन्सी – गत जुलाईमा म्यानमारको सेनाले एकै पटक धेरै सर्वसाधारणको हत्या गरेको एक अनुसन्धानले सार्वजनिक गरेको छ। अनुसन्धानअनुसार कम्तीमा ४० जना पुरुषको मृत्यु भएको जनाएको छ।

घटनाका प्रत्यक्षदर्शी र बाँचेका व्यक्तिले सिपाहीहरूले निर्ममतापूर्वक मारेको बताएका छन्। जसमा १७ वर्षकी किशोरीहरू पनि सामेल छिन्।

घटनाको भिडियो फुटेज र तस्वीरहरूमा धेरै मानिसलाई मार्नुअघि यातना दिएको र चिहानमा सामूहिक गाडिएको देखिएको छ। कानी क्षेत्रमा चार छुट्टाछुट्टै हत्याका घटना भएका छन्। यो मध्य म्यानमारको सागिङ जिल्लाको एउटा क्षेत्र हो, जसलाई विपक्षीको बलियो गढ मानिन्छ।

गत फेब्रुअरीमा आङ सान सुकीको नेतृत्वमा रहेको लोकतान्त्रिक नागरिक सरकारले सत्तापक्षले गरेको ‘कु’पछि सेनाले नागरिकको विरोधको सामना गरिरहेको छ।कानीमा बीबीसीले ११ प्रत्यक्षदर्शीहरूसँग कुरा गरेको थियो।

उनीहरूलाई म्यानमार विटनेसु नामक एनजिओको मोबाइल फोन फुटेज र फोटोहरूसँग तुलना गरिएको थियो। म्यान्मार विटनेस बेलायतमा रहेको एनजिओ हो। जसले म्यानमारमा मानवअधिकार उल्लंघनको अनुसन्धान गर्छ।

About The Author

अन्य समाचारहरु: