काठमाडौ – मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू(भागमा हिमपातको सम्भावना रहेको छ।
बुधबार बिहान देशका पहाडी भू–भागहरूको मौसम आंशिक बदली रहेको छ। तराईका भू(भागहरुमा हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार बुधबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
उनका अनुसार बाँकी भू–भागहरुमा मौसम सामान्यतः सफा रहनेछ। राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलब ४ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।