Sun. Apr 21st, 2024

कांग्रेस केन्द्रीय सदस्यमा धादिङका दिलमान पाख्रिन विजयी

दिलमान पाख्रिन - समानुपातिक सांसद

धादिङ– नेपाली कांग्रेसको आदिवासी जनजातितर्फ खुला केन्द्रीय सदस्यमा धादिङका दिलमान पाख्रिन विजयी भएका छन् ।

नेपाली कांग्रेसकाे ७२ बर्षे ईतिहासमा धादिङबाट केन्द्रीय सदस्य बन्ने पाख्रिन नै पहिलाे व्यक्ति बनेका छन् । देउवा समुहबाट उम्मेदवार बनेका उनी ८ जना भित्र पर्दै चाैंथाे नम्वरमा निर्वाचित हुन सफल भएका हुन् ।

पाख्रिनले १ हजार ९ सय ३९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस धादिङमा प्रभावशाली नेताको रुपमा स्थापित पाख्रिन जनतामाझ पनि उत्तिकै लोकप्रिय छन् । यसअघि धादिङ कांग्रेसकाे ईतिहासमै उनी पहिलाे पटक २०७४ सालमा राज्यमन्त्री बन्न सफल भएका थिए ।

धादिङ घर भएका महामन्त्रीका उम्मेदवार डा. राजाराम कार्की, महिलाबाट केन्द्रिय सदस्यको उम्मेदवार कल्पना अधिकारी, बागमती प्रदेशबाट केन्द्रिय सदस्यको उम्मेदवार बनेका रमेश धमला र दलित खुल्लाबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका गोपाल विश्वकर्मा भने पराजित भएका पराजित भएका छन् ।

निर्वाचित गर्न सहयाेग गर्ने सम्पुर्ण महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद समेत दिएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: