
धादिङ– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मन्त्रीपरिषदले पुर्णता पाएसंगै अब नतिजामुखी काम गरेर देखाउने बताएका छन् ।
अहिले केही मन्त्रालय फुटाएको विषयमा सार्वजनिक रुपमा भएको आलोचनाहरुलाई शब्दले प्रतिक्रिया दिएर होइन काम र नतिजाबाट जवाफ दिने मुख्यमन्त्री पाण्डेले स्पष्ट परे ।

भुमेस्थान साना किसान कृषि सहकारी संस्था लिको कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले बिदेश जाने युवा जनशक्तिलाई कृषिमा आधुनिकिकरण गर्दै नेपालकै राेजगारी श्रृजना गर्न सहकारीले योगदान गर्ने बताए ।
एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेका पाण्डेले आजै गल्छी गाउँपालिका वडा नं. ८ को कार्यकर्ता भेलालाई समेत सम्बोधन गरेका थिए ।
कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्य, उपाध्यक्ष अम्बिका रूपाखेतीले सहकारीहरूले जनताकाे आर्थिक स्थर उठाउन महत्त्वपूर्ण भुमिका खेलेकाे बताए ।

सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाको कार्यक्रममा वडा अध्यक्षहरू र सरोकारवालाहरुले सम्बोधन गरेका थिए ।