Wed. Apr 17th, 2024

नागरिक उड्डयन प्राधिकरणको बजेट ४३ अर्ब

काठमाडौँ – ६ महिना ढिलो गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७८र७९ को आयव्ययसहित ४३ अर्ब ६७ करोड रुपैयाँको बजेट पारित गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २ अर्ब ५७ करोड रुपैयाँ बढी हो ।

चालु आर्थिक वर्ष २०७८र७९ मा विमान सेवा सञ्चालनबाट ५ अर्ब ५९ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । सञ्चालक समितिका अनुसार २१ अर्ब ३४ अर्ब ऋण तथा नेपाल सरकारबाट सेयर लगानी र विमानस्थल विकास शुल्कबाट ७९ करोड संकलन हुनेछ ।

प्राधिकरणले यस वर्ष नेपाल सरकारलाई पहिल्यै भुक्तानी गरिसकेको मूल्य अभिवृद्धि करबापत २ अर्ब ३८ करोड फिर्ता हुने जनाएको छ । यसलाई उसले आम्दानीमा गाभेको छ ।

त्यस्तै २०७८ साउन १ को सुरुको पेस्कीबापत मौज्दात ५ अर्ब २७ करोड र २०७८ साउन १ को सुरुको बैंक मौज्दात ७ अर्ब ४२ करोड रुपैयाँ गरी ४३ अर्ब ६८ करोड रुपैयाँ आम्दानी भनिएको छ ।

खर्चतर्फ प्राधिकरणले पुँजीगतमा ३८ अर्ब र चालु खर्चमा ४ अर्ब विनियोजन गरेको छ । त्यस्तै कर्मचारीका लागि बोनसबापत प्राधिकरणले १ अर्ब ३७ करोड विनियोजन गरेको छ ।

बजेटले चालु आयोजनालाई निरन्तरता दिएको छ भने आन्तरिक विमानस्थल सुधार, जग्गा अधिग्रहण, उपकरण जडान आदि कार्यक्रम ल्याएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: