Tue. Apr 16th, 2024

नेपालमा ५ देखि ११ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी

काठमाडौं– सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी गरेको छ।

५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए।

डा. मरासिनीका अनुसार बालबालिकालाई पुग्ने गरी ८४ लाख डोज खोप खरिदका लागि प्रस्ताव पठाइएको छ।

सो खोप प्राप्त भएपछि २ डोजको रुपमा ४२ लाख बालबालिकालाई पुग्ने अनुमान गरिएको डा मरासिनीले जानकारी दिए।

About The Author

Loading...

अन्य समाचारहरु: