Sun. May 28th, 2023

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात (रुबिभ्यालीको भिडियोसहित)

धादिङ– नेपालको अधिकांश स्थानमा मंगलबार रातीदेखि वर्षा भएको छ । धादिङको रुबिभ्यालीसहित उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भइरहेको छ ।

धादिङको रुबिभ्यालीस्थित तिप्लिङकी ओममाया तामाङले खिच्नुभएको यो भिडियो हेर्नुहोस्

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको हो ।

धादिङको उच्च पहाडी क्षेत्रमा पर्ने तिप्लिङ, सेर्तुङ, रि, लापाका अधिकांश वस्ती हिउँले ढाकिएको छ । स्थानीयलाई चिसोबाट आफू जोगिन र पशुचौपायाँ जोगाउन कठिनाई परेको छ ।

महाशाखाले आज दिनभर नै मौसम प्रतिकूल हुने आँकलन गरेको छ । बिहानै वर्षा र हिमपात भएपछि चिसो झनै बढेको छ ।

दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बिहीबार भने मौसममा केही सुधार आउने अपेक्षा गरिएको छ ।

Loading...

अन्य समाचारहरु: