
धादिङ– सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका उपसचिव शोभाखर रेग्मीले सार्वजनिक सूचना जारी गर्दै देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा दिइएको जानकारी गराएको छ ।
सरकारकाे निर्णयअनुसार विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ ।
गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार आज धुमधामका साथ मनाइदै छ। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
Loading...