Thu. Mar 28th, 2024

आगो बालेर सुतेको ठाउँमा एकै परिवारका चार जनाको मृत्यु

विरगन्ज – बाँकेको नेपालगञ्जमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश मेडिकल स्टोरमा कार्यालय सहयोगी पदमा कार्यरत बसेका २६ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४ जनाको मृत्यु भएको बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेहरुमा कालीकोटस्थित खाँडाचक्र नगरपालिका – ६ का भट्टराईसहित उनको ३ महिनाको छोरा इप्सन भट्टराई, आमा ६५ वर्षीया कोपिला र ३५ वर्षीया नन्दकला भट्टराईको मृत्यु भएको हो।

सँगै कोठामा बसेका अन्य तीन जना अचेत अवस्थामा भेटिएका छन्। अधिकारीकाअनुसार धर्मराजकी २४ वर्षीया श्रीमती सुशीला भट्टराई, साढे तीन बर्षीय छोरा दिवस भट्टराई, १८ वर्षीय भाई नरेन्द्र भट्टराईको अस्पतालमा उपचार भइरहेको छ।

राती कोइलाको आगो बालेर कोठाका सबै झ्याल ढोका बन्द गरेर सुतेको देखिएकोले निसासिएर मृत्यु भएको हुनसक्ने एसपी अधिकारीले बताए।

उनीहरु भेरी अस्पताल परिसरभित्र रहेको क्वाटरमा बस्दै आएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

About The Author

Loading...

अन्य समाचारहरु: