Wed. May 25th, 2022

आजदेखि क्रमिक रुपमा मौसममा सुधार हुँदै

काठमाडौ – हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको छ ।

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ । तर, आजदेखि भने क्रमिक रुपमा मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।

काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आजदेखि मौसममा सुधार आउने मौसमविद् मञ्जु बासीले बताए ।

उनका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाण्डौसहित देशका केही ठाउँमा घाम लाग्ने छ ।

तर पहाडी क्षेत्रमा केही ठाउँमा भने सामान्य बद्ली भइ हल्का पानी पर्ने सम्भावना भने रहेको उनले बताए ।

यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुनेछ ।

Loading...

अन्य समाचारहरु: