Fri. Mar 29th, 2024

पढ्दै, कमाउँदै सत्यवतीमा बाली बिज्ञान अध्ययनरत विद्यार्थी

धादिङ– प्राविधिक धारलाई माध्यमिक तहमा ऐच्छिक रूपमा सञ्चालन दिएसँगै अहिले ९ कक्षाबाट नै प्राविधिक विषयमा पढाइ भइरहेको छ । धादिङ जिल्ला सिद्धलेक गाउँपालिका-७ आदमटारस्थित सत्यवती माध्यमिक विद्यालयमा वाली विज्ञान विषयमा पढाइ भइरहेको छ।

शैक्षिक सत्र २०७६ मा कक्षा नीमा वाली विज्ञान विषयमा भर्ना भएका विद्यार्थी अहिले कक्षा ११ मा अध्ययनरत छन् । व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा वाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थीको आकर्षण बढेको कक्षा ११ मा अध्ययनरत सविन मिजारले बताए। आजकल सामान्यतया १२ पास सवैले गर्छन् ।

प्राविधिक धार लिए १२ पास गर्दा रोजगारी मिल्छ भन्ने आशले प्राविधिक विषय पढेको हो। हाम्रो विद्यालयमा बाली विज्ञान पढाइ हुनु आफैमा राम्रो हो । उच्च शिक्षा पढ्न नसकेर जागिर नपाए पनि कृषिलाई प्राविधिक ज्ञानसहित प्रविधिमैत्री कृषि कर्म गरेर स्वरोजगार वन्न सकिने विश्वास बढेको मिजारले बताए ।

वाली विज्ञानका सबै विद्यार्थीलाई अनिवार्य प्रयोगात्मक गराउने भएकाले सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान सिक्न पाएको विद्यार्थीको भनाइ छ । कक्षा ९, १० र ११ का विद्यार्थीले चार सय पोका च्याउ झुन्ड्याएका छन् बीउ राखेको २१ दिनबाट बिक्री गर्न सुरु गरेका विद्यार्थीले हालसम्म चार सय केजी विक्री गरिसकेका छन्। उनीहरूले उपभोक्ताको विश्वास जित्न र आकर्षणका लागि मात्र नभई च्याउको सुरक्षित विक्रीका लागि प्याकेटिङ तथा लेबलिङ गरेका छन् ।

फार्मबाट प्रतिकेजी २ सय ५० मा लिएको च्याउ २ सय ८० देखि ३ सय ३० सम्ममा बिक्री गरिरहेका छन् । फार्मबाट लिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री गर्दा आएको नाफा विक्रेता विद्यार्थीले नै पाउने हुँदा उनीहरूको कमाउने वानीको पनि विकास भएको प्रशिक्षक अशोक आचार्यले बताए।

आचार्यका अनुसार ५० हजार लगानी भएको छ। अहिलेको जस्तै उत्पादन भइरहे एक हजार पाँच सय केजी उत्पादन हुने अनुमान गरिएको छ । करिव तीन लाख आम्दानी हुन्छ होला लागत मूल्य कटाएर विद्यार्थीलाई प्रोत्साहन स्वरूप दिने योजना रहेको प्रशिक्षक आचार्यले बताए ।

विद्यालयको सेवा क्षेत्र विगत ५० वर्षदेखि तरकारी खेती पकेट क्षेत्र भएकोले र विद्यालय सेवा क्षेत्रका अभिभावकसंग गरेको सर्भेक्षण कृषि विषय पढाउन सुझाव आएकाले प्राविधिक घारमा वाली विज्ञान रोजेको प्रधानाध्यपक लक्ष्मण शर्माले बताए ।

विद्यालयका सेवा क्षेत्रका अभिभावकहरु विगतदेखि तरकारी खेती गरेर काठमाण्डौ लगायतका शहरमा मौषमी तथा बेमौसमी तरकारी खेती गरेर जीविकोर्पाजन गर्दै आएकाछन् । उनीहरुका छोराछोरीलाई कृषि प्राविधिक बनाउनु विद्यालयको कर्तव्य पनि भएको प्रधानाध्यपक शर्भाले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: