Fri. Mar 29th, 2024

चीनको राष्ट्रिय फुटबल टिमबाट खल्ने खेलाडीलाई शरीरमा ट्याटू बनाउन प्रतिबन्ध

एजेन्सी – चीनको राष्ट्रिय फुटबल टिमबाट खेल्ने खेलाडीलाई शरीरमा ट्याटू खोप्न प्रतिबन्ध लगाइएको छ। यस्तै यसअघि खोपिएका ट्याटूलाई हटाउन पनि भनिएको छ।

नयाँ नर्देशनअनुसार यो नियम लागू हुने भएको हो।

चीनको खेलकुदको प्रशासन निकायले राष्ट्रियस्तर र युवा टोलीमा ट्याटु बनाएका नयाँ खेलाडी भर्ना गर्न ूकडा प्रतिबन्धू गरेको बताएको छ।

प्रशासनले यो कदमले समाजको लागि राम्रो उदाहरणू बनाउन मद्दत गर्ने बताएको छ।

डिफेन्डर झाङ लिनपेङसहितका स्टार खेलाडीहरु जसले पहिले नै ट्याटू खोपेका छन्, उनीहरूलाई ट्याटू छोप्न भनिएको छ।

About The Author

Loading...

अन्य समाचारहरु: